महोत्तरी-१ मा फोरम नेपाललाई भारी मतले हराउँदै राजपा विजयी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ४ २०८३, बुधवार

महोत्तरी-१ मा फोरम नेपाललाई भारी मतले हराउँदै राजपा विजयी

महोत्तरी, ४ असोज । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा राष्ट्रिय जनता पार्टीले वडाध्यक्षमा विजय प्राप्त गर्दै जीतको खाता खोलेको छ।

महोत्तरी गाउँपालिका–१ मा राजपाका जीतेन्द्र यादव ६४० मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका रामनन्दन यादवलाई ५०५ मतान्तरले हराउँदै वडाध्यक्ष पदमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी रामनन्दन यादवले १३५ मत मात्रै पाएका थिए । महोत्तरी गाउँपालिकाको अध्यक्षमा पनि ७९९ मत ल्याएर राजपाका सुनिल राय मतगणनामा अगाडि रहेका छन्।

ताजा समाचार