संक्रमित चिकित्सक स्वास्थ्य मन्त्रालयको बैठकमा उपस्थित | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार

संक्रमित चिकित्सक स्वास्थ्य मन्त्रालयको बैठकमा उपस्थित

काठमाडाैं, ७ जेठ । मंगलबार कोरोना संक्रमण पुष्टि भएका चिकित्सक रिपोर्ट आएको अघिल्लो दिन सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकमा रहेको खुलेको छ । कपिलवस्तुको विभिन्न इलाकामा कोरोना संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा सहभागी भएर फर्केका उनमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

एचईओसीको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीसमेत सहभागी हुने गरेका छन् । मन्त्रालयको कोरोना नियन्त्रणसम्बन्धी सम्पूर्ण गतिविधि एचईओसीबाट नै चल्ने गर्छ । मन्त्रालयको वेबसाइटमा हुने तथ्यांक अपडेट गर्ने कर्मचारी र डब्लुएचओको प्रतिनिधिसमेत त्यहाँ कार्यरत छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);