शिथिल बनेको अर्थतन्त्र उकास्ने कार्यक्रम किन आउन सकेन ? : शशांक कोइराला (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

शिथिल बनेको अर्थतन्त्र उकास्ने कार्यक्रम किन आउन सकेन ? : शशांक कोइराला (भिडियोसहित)

काठमाण्डौं, ५ जेठ । राष्ट्रियसभाको बैठकमा सत्तापक्षका सांसदहरुले सरकारको नीति तथा कार्यक्रमको बचाउ गरेका छन् भने विपक्षी दलले सुधारको माग गरेका छन् ।

सोमबारको राष्ट्रियसभाको बैठकमा आगामी बर्षका लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै शशांक कोइरालाले कोरोनाले प्रभावित भएको जनताको जनजीवन उकास्ने तथा शिथिल बनेको अर्थतन्त्र उकास्ने कार्यक्रम आउन नसकेको र यसले निजि क्षेत्रलाइ  थप निरासाजनक बनाएको छ भन्दै सुधारको आवश्यकता औल्याउँनु भएको छ ।

आज सम्म पनि स्वास्थ्यकर्मिलाइ आवश्यक पर्ने सुरक्षा कवज नभएको हुदाँ यो सरकार यस विषयमा संवेदनशिल नबनेको आरोप लगाउनु भयो । उहाँले अहिलेसम्म मजदुर किसानले राहत पाएका छैनन् र मजदुर किसान भोकभोकै हिडेर घरजानु परेको छ । यसमा सरकार बेखवर जस्तै बनेर बसेको छ भन्दै पहिलो प्राथमिकता मानिसको स्वास्थ्य र उनिहरुको खानपानलाइ दिनुपर्ने सुझाव दिनुभयो ।