प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

sawasthya samagri

काठमाडौं, ४ जेठ । राष्ट्रिय मुस्लिम आयोगले ट्राफिक प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

आइतवार आयोगका अध्यक्ष समिम मिया अन्सारीले महानगरिय ट्राफिक प्रहरी महाशाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।आयोगले २० हजार थान मास्क, २० लिटर सेनिटाइजर तथा साबुन लगायतका अन्य सामग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामग्री ग्रहणपछि महाशाखा प्रमुख भीम ढकालले विश्व महामारीको रुपमा फैलिएको कारोनाले नेपालमा पनि आतंक भइरहेको अवस्थामा सुरक्षाकर्मीहरुको जिम्मेवारी बढ्दै गएको बताउनुभयो ।