प्रमिला खतिवडा
काठमाडौं, ३ जेठ । मुलुकको अर्थतन्त्रको आधार जलविद्युत क्षेत्र भएपनि सरकारको दीर्घकालीन नीतिको अभावमा नेपालमा विद्युत क्षेत्रको खासै विकास हुन सकेको छैन । एशियामै पहिलो विद्युत उत्पादन गरेको मुलुक नेपालमा एक सय वर्षसम्म एक हजार विद्युत उत्पादन मात्रेै संभव भएको छ । प्राविधिकरुपले नेपालमा ४२ हजार मेगावाट विद्युत उपत्पादन गर्न सकिने संभावना छ । संभावना प्रचुर भएपनि एक सय वर्षको अवधिमा पनि एक हजार मेगावाट विद्युत उत्पादन भएको छ ।
पछिल्लो चरणमा राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणको चरणमा भएपछि सरकारले अन्र्तराष्ट्रिय विद्युत बजारको समेत खोजी गर्न थालिएको विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ् बताउँनुहुन्छ ।
कुल माग मध्ये ६५ प्रतिशत आन्तरिक र बाँकी भारतबाट आयात हुदै आएको छ । नेपालमा जम्मा विधुतको उर्जा खपत मूल्य २० खर्ब छ । कुल ग्राहस्थ उत्पादनमा उर्जाकोयोगदान साढे ३ प्रतिशत छ । ८० प्रतिशत भन्दा बढी घरायसी कार्यमा खपत हुदै आएको छ । निर्माणाधिन आयोजना पुरा भए नेपालले विद्युत बजारको सुनिश्चितता गर्ने भन्दै बंगलादेशसंग सम्झौता भइसकेको छ । विदेशी मुद्रा आर्जनसंगै आन्तरिक रोजगारीको क्षेत्रपनि भएको सरकारले बजेटमा उर्जा क्षेत्रलाई प्राथमिकता दिन उर्जाविद् ज्ञानेन्दलाल प्रधान सुझाउँनुहुन्छ ।