बैंकले विद्युतीय कारोवार बढाउनुपर्ने, राष्ट्र बैंकको भुमिकामा निर्भर (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

बैंकले विद्युतीय कारोवार बढाउनुपर्ने, राष्ट्र बैंकको भुमिकामा निर्भर (भिडियोसहित)

sangita 14

काठमाडौं, १ जेठ । लकडाउनले देशको अर्थतन्त्र संग जोडिएको वैंकिङ क्षेत्रलाई सिथिल बनाएको छ । वैंकिङ क्षेत्रले कसरी चलायमान वनाउने तर्फ अध्ययनमा जुटिसकेका छन् ।

अर्थतन्त्र कसरी बचाउने भन्ने चिन्ता सवैतिर छ । बैंक र व्यवसायी बीचमा केहि कुराहरु मतभेद कायमै छन् । यसमा सम्वन्धित निकायको भुमिका महत्वपुर्ण हुन्छ । व्यवसायीहरु व्याजदर लगायतमा सहुलियत मागिरहेका छन् । राष्ट्र बैंकले असल ऋण लकडाउनका कारण भुक्तानी नभए त्यसलाई अतिरिक्त प्रावधान गर्न नपर्ने ब्यवस्था गरिदिएको छ ।

तर, बैंकहरुले भविष्यमा एकैपटक जोखिम नहोस् भनेर अहिलेबाटै नउठेका ऋणको प्रावधान गर्न थालेका छन् । लकडाउनमा डिजिटल बैकिङ्ग र अरु सूचना प्रविधीका माध्यम कसरी प्रभावकारी बनाउन सकिन्छ ? रेमिटेन्स घट्दो अवस्थामा छ, उद्योग कलकारखाना बन्द छन् । यसले बैंकको तरलतामा के कस्तो असर पर्ला ? समस्यामा कसरी अघि बढ्ने ? समाधानका उपाय के होलान् ? नेपाल राष्ट्र बैंकका आगामी नीति तथा कार्यक्रम के कस्ता छन् ? यिनै विषयलाई लिएर विजनेश प्लस टेलिभिजनका लागि संगिता कटुवालले विभिन्न व्यक्तित्वसंग कुराकानी गरेकी छिन् ।

केशव आचार्य ,बैंक विश्लेषक
बैंकिङ्क प्रणाली भनेको अर्थतन्त्रको संवाहक हो । बैंकको कारोबार हेरेर समग्र अर्थतन्त्र कता गईरहेको छ भनेर प्रतिविम्वित भएको हुन्छ । कोरोनाको कारणले समग्र आर्थिक क्रियाकलाप ठप्प हँुदा बैंक पनि कुण्ठित भएर बसेको अवस्था छ ।
दिनप्रतिदिन सक्रमण बढ्दैसंगै आर्थिक क्रियाकलाप सिथिल छ । आर्थिक क्रियाकलापहर सिथिल भएको छ यो बेला क्षेत्र छनौट गरेर केहि सहजताको वातावरण सरकारले बनाई दिनुपर्छ । विधुतिय माध्यमबाट बैंकिङ्क कारोबारलाई अगाडि सम्वन्धित निकायको ध्यान जानु आवश्यक छ ।

डा.गुणाकर भट्ट, प्रवक्ता , नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले कोभिड–१९ प्रभाव नेपालमा पनि क्रमिक रुपमा असर बढ्दै गएपछि अर्थतन्त्रका अधिकांश क्षेत्रहरु प्रभावित भएका छन् । नेपाल राष्ट बैंकले अर्थतन्त्रमा समस्या नहोस भनेर , विश्वासको वातावरण वनाउने प्रयास गरेको छ । यो अबधीमा दुई पटक र्सकुलर जारी गरेको छ । आव २०७५÷७६ को ९ महिनाको नाफा र यो अत्रधीको नाफा वराबर देखिन्छ । नेपाल राष्ट्र बैंकले यो अबधीमा बैंकहरुलाई सहजीकरणको लागि विभिन्न प्याकेजहरु पनि ल्याएको छ ।

नेपाल राष्ट्र बैकंका प्रवक्ता डा.गुणाकर भट्ट , र बैकिङ विश्लेषक , केशव आचार्यसंग गरिएको विस्तृत कुराकानी तलको यो भिडियोमा ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);