वीरगन्जमा आयो यस्तो रोचक मतपरिणाम, राजपालाई कांग्रेसले उछिन्यो | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

काठमाडौं, ४ असोज । वीरगन्ज महानगरपालिकाको पछिल्लो मतपरिणाम निकै रोचक बन्दै गएको छ। पछिल्लो मतपरिणाम अनुसार सुरुवाति अग्रता कायम गर्दै आएको मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई उछिन्दै नेपाली कांग्रेसले अग्रता लिएको छ।

नेपाली कांग्रेसका मेयर उम्मेदवार अजय द्विवेदी ४४६ मतका साथ अग्रस्थानमा छन्  भने राजपाका राजेशमान सिंह ३८० मत सहित दोस्रो स्थानमा छन्। त्यस्तै संघीय समाजवादी फोरमका मेयर उम्मेद्वार विजय सरावगी २४३ मतसहित तेस्रो स्थानमा छन् भने माओवादी केन्द्रका रहबर अन्सारी १७६ मत सहित चौथो स्थानमा छन्।

त्यस्तै लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव १२० मतसहित पाँचौं स्थानमा छन्। एमालेका मेयर उम्मेद्वार वसरुद्दिन अन्सारी ८८ मतसहित छैठौं स्थानमा छन्।