नितेश कर्ण
वीरगन्ज, २१ वैशाख । कोभिड-१९ को छुट्टै अस्पताल संचालन र नारायणी अस्पतालमा जनरल बिरामीको उपचार शिध्र सुरु गर्नु पर्ने माग राख्दै नेपाली काग्रेस पर्साले आज धर्ना प्रदर्शन गरेका छन् ।
नारायणी अस्पताल मा कोभिडको उपचार सुरु भए यता हृदय रोगी, प्रसुती, किडनीको डायलोसीस, बाल रोगीको एन आ सि यु, आइ सि यु, हाडजोर्नि , फिजिसियन, क्षयरोग, बिभिन्न खोप लगायत सेवा बन्द छ । हजारौं बिरामीहरु एकदमै मार्कामा परेको र घना वस्ती बिच ‘कोभिड-१९’को अस्पताल सुचारु गर्न नमिल्ने बताउँदा पनि नरोकिएपछि जनभावना अनुसार सडकमै उत्रनु परेको नेका पर्साका सभापति अजय द्धिवेदी बताउनु हुन्छ ।
संघीय र प्रदेश सित पटक पटक आग्रह गर्दा पनि नारायणी अस्पतालबाट हटाइ अन्य स्थानमा उपचार सुरु नगरेकोले समाजिक दुरी कायम गर्दै धर्ना प्रदर्शन मा उत्रिनु परेको नेका नेता सुरेन्द्र चौधरी बताउनु हुन्छ ।