एजेन्सी, १७ वैशाख । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको स्वास्थ्य विभागले कोरोना भाईरसको कारण स्थगित सम्पूर्ण फुटबल लिग रद्द हुनुपर्ने जनाएको छ ।
फिफाका स्वास्थ्य बिभाग प्रमुख मिचेल डि’हुगले कोरोना भाईरसको कारण स्थगित सम्पूर्ण फुटबल लिग रद्द गर्नु पर्ने बताएका छन् । कोरोनाको महामारीको कारण तत्काल लिग सुचारु गर्न कठिन रहेको बताउँदै मिचेलले लिग रद्द गरेर नयाँ सिजनको योजना बनाउनुपर्ने बताएका हन् ।
मिचेलले योजना र भाईरस निर्मुल नभएसम्म लिग सुचारु गरिए कोरोनाले दोस्रो पटक महामारीको रुप लिन सक्ने पनि बताएका छन । खेलाडीको स्वास्थ्य भन्दा फुटबल महत्वपूर्ण नभएको मिचेलको भनाई छ । कोरोनाको कारण विश्वमा चलिरहेका घरेलु लिग स्थगित गरिएको छ । युरोपको फ्रेन्च लिग वान, डच लिग र बेल्जियमको लिग भने रद्द भईसकेको छ ।युरोपका ठुला लिगहरु भने मे महिनाबाट सुचारु गर्ने तयारी समेत गरिएको छ ।




