१३६ स्थानीय तहमध्ये १३५ वटा स्थानीय तहमा मतगणना जारी | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

काठमाडौं, असोज ३ । प्रदेश नम्बर दुईका ८ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजबिराज नगरपालिका बाहेक सबै स्थानीय तहमा मतगणना जारी रहेको  निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरण अनुसार, १३६ स्थानीय तहमध्ये १३५ वटा स्थानीय तहको मतगणना जारी रहेको छ ।

राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै नगरपालिकाको मतगणना कार्य सुरु हुने आयोगले जनाएको छ ।

ताजा समाचार