सभामुखदेखि पूर्वमन्त्रीसम्म कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

सभामुखदेखि पूर्वमन्त्रीसम्म कारबाहीमा

mahara adalatma

काठमाडौं, २ वैशाख । अपराध अनुसन्धानमा ०७६ प्रहरीका लागि प्रभावकारी बन्यो । बहालवाला सभामुखदेखि पूर्वमन्त्रीसम्मलाई प्रहरीले कारबाहीको दायरामा ल्यायो। असोजमा संसद् सचिवालयकै कर्मचारीले आफूलाई सभामुख कृष्णबहादुर महराले बलात्कार गरेको आरोप र जाहेरीसँगै प्रहरीले महरालाई पक्राउ गर्‍यो ।

जिल्ला अदालत काठमाडौंमा महराविरुद्ध जबर्जस्ती करणीमा मुद्दा चल्यो । पुर्पक्षमा महरा जेल चलान पनि भए । तर, पीडितले पछि बयान फेरेपछि तात्कालिक प्रमाणका आधारमा महरा दोषी सावित नभएपछि जिल्लाले महरालाई निर्दोष सावित गर्दै सफाइ दियो । यो प्रकरणले नेकपाको छविलाई केही धमिल तुल्यायो । स्वयं महराको समेत राजनीतिक छवि उकास्न सकस बन्यो ।

महरा केस सेलाउँदै थियो । अर्को ठूलो काण्ड प्रहरीसामु आइलाग्यो । पूर्वमन्त्री एवं सांसद मोहम्मद अफताव आलमको फाइल खुल्यो । ०६४ चैत २७ गते राति रौतहटको राजापुरमा इँटाभट्टामा दुई जनालाई जिउँदै जलाएको घटनामा आलम जोगिँदै आएका थिए । सरकार, राजनीतिक दल र स्थानीय रूपमा समेत राम्रो पकड जमाउँदै आएका आलमलाई पक्राउ गर्नु त्यति सहज थिएन । निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको जोडबलमा आलमलाई पक्राउ गरियो । उनी अहिले पुर्पक्षका लागि जेलमा छन् ।

नेपालमा पर्यटक भिसामा बसेर वित्तीय ठगी गर्दै आएका ठूलो संख्यामा चिनियाँ नागरिक पनि ०७६ मै पक्राउ परे । पुसमा प्रहरीले स्वीप अपरेसन चलाएरै चीनकै वित्तीय लगानीमा असर पर्ने गरी ठगी गर्दै आएका १ सय २२ जना चिनियाँ नागरिकलाई प्रहरीले घर रेड नै गरेर नियन्त्रणमा लिन सफल भयो । पक्राउ परेकाले नेपालमा कुनै कसुर गरेको फेला नपरेपछि सरकारले सबैलाई चीनमै डिपोट गरिदियो । विदेशीविरुद्ध यो घटना अहिलेसम्मकै ठूलो अपरेसनमा गणना भयो।

चिनियाँ नागरिक संलग्न अर्को अपराधको पनि पर्दाफास भयो । ०७६ साउनमा ४ किलो र मंसिरमा ८ किलो सुनसहित ४ चिनियाँ नागरिक पक्राउ गर्न प्रहरी सफल भयो । कृषि बैंकको सर्वर ह्याक गरेर ५ अर्ब ठगी गर्न लागेका चिनियाँ गिरोहलाई पनि प्रहरी पक्राउ गर्न सफल भयो । पिटर जोन नामका व्यक्तिले नेपालमा चिनियाँ, फ्रान्सेली र नेपाली नागरिकलाई परिचालन गरेर ठूलै रकम हत्याउने योजना प्रहरीले विफल बनायो । अन्नपूर्ण पाेस्ट दैनिकमा सुवास गाेतामेले समाचार लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);