काठमाडौं, २ चैत । कोरोना भाइरस रोकथामबारे तीन तहका सरकारबीच छलफल जारी छ । केहीबेर अघि सिंहदरबारमा शुरु भएको बैठकमा कोरोना भाइरस रोकथामका लागि संघ प्रदेश र स्थानीय सरकारबीच समन्वयात्मक ढंगले कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल भइरहेको जनाइएको छ ।
उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले प्रदेश र स्थानीय सरकारसँग छलफल गरिरहेको हो । छलफलमा सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री, महानगर, उपमहानगर र नगरपालिकाका मेयर तथा गाउँपालिकाका अध्यक्षहरु सहभागी रहेका जनाइएको छ ।
कोरोना भाइरस बिश्वव्यापी रुपमा फैलिएपछि सरकारले यसको नियन्त्रणका लागि पूर्व तयारी स्वरुप छलफल अघि बढाएको हो ।