सार्कका शीर्ष नेतृत्वबीच आज भिडियो संवाद गरिदैंँ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सार्कका शीर्ष नेतृत्वबीच आज भिडियो संवाद गरिदैंँ

pm oli-saarc

काठमाडौं, २ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावअनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका शीर्ष नेतृत्वबीच कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न भिडियो संवाद हुने भएको छ ।

नेपाली समयअनुसार आज अपराह्न सवा ५ बजे सार्कका शीर्ष नेतृत्वबीच भिडियो सम्वाद हुन लागेको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारद्वारा शनिबार दिल्लीबाट जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध कठोर साझा रणनीति तय गर्ने विषयमा सार्कका सबै सदस्य मुलुकहरूको भिडियो संवादको नेतृत्व गर्ने बताइएको छ ।

विज्ञप्तिमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र अफगानिस्तानका शीर्ष नेताले उक्त भिडियो सम्मेलनमा सम्बोधन गर्ने उल्लेख छ । सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने हुनुभएको छ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीले पहिलोपटक सार्वजनिक रूपमा बोल्न लाग्नुभएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);