सिन्धुपाल्चोक, २ असोज । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीबाट मानव बेचबिखनमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मेलम्ची नगरपालिका १३ छापभञ्ज्याङबाट मानव बेचबिखन एवम् ओसारपसारको मुद्दा लागेका २६ वर्षीय सुवास सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आफ्ना नाता भित्र कै एक महिलालाई बेचेको अभियोग लागेको थियो । उनी २०६९ चैत २८ गतेदेखि फरार रहेका थिए ।
घरमा लुकेर बसेको अवस्थामा उनलाई इलाका प्रहरीले पक्राउ गरेको हो ।
मानव बेचबिखनमा निज अभियुक्तका बाबुछोरा नै संलग्न रहेका थिए । अहिले अभियुक्तका बाबु रामचन्द्र सार्की सुन्दरा कारागारमा जेलजीवन काटिरहेका छन् ।