सुनको मुन्द्राको लागि आफ्नै साथीको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कञ्चनपुर, २९ भदौ । तीन दिन देखि हराइरहेका एक किशोरको आफ्नै साथीले हत्या गरेको खुल्नमा आएको छ ।

भीमदत्त नगरपालिका ७ को स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत तिलकबहादुर चन्दको शव बिहीबार भेटिएको हो । उनको शव स्कुल पछाडिको झाडिमा वेवारिसे अवस्थामा फेला परेको थियो ।

प्रहरीले उनको हत्या आशंकामा उनकै कक्षामा सँगै पढ्ने १७ वर्षीय आशिषलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार आशिषले तिलकले कानमा लगाएको सुनको मुन्द्राको लागि हत्या गरेको अनुसन्धानमा आएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);