एमसीसी खारेजीको माग गर्दै नेमकिपाकाे विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एमसीसी खारेजीको माग गर्दै नेमकिपाकाे विरोध प्रदर्शन

काठमाडाैं, १३ फागुन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्जा कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रघाति एमसीसी सम्झौता खारेजी गर्न नेपाल सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेमकिपाले जनाएको छ ।

नेमकिपाका सांसद प्रेम सुवालले रत्नपार्कबाट निकालिएको जुलुस अमेरिकी दूतावाससम्म पुगेको थियो । एमसीसी सैन्य गठबन्धनसँग सम्बन्धित रहेका कारण यो नेपालमा आवश्यक नरहेको उहाँले बताउनुभयो ।

अमेरिकाले हिन्द प्रशान्त क्षेत्रमा अशान्ति चाहेको र उसको लक्ष्य यो क्षेत्रमा युद्ध गरी हतियारको ब्यापार गर्ने रहेको उहाँले बताउनुभयो । नेपालस्थित अमेरिकी दूतावास मार्फत अमेरिकी सरकारलाई विरोधपत्र बुझाएको उहाँले बताउनुभयो ।

प्रदर्शनका क्रममा देश बेच्न पाइँदैन, एमसीसी खारेज गर, विदेशी पूँजीपति दलालहरु मुर्दाबाद लगायतका नारा लगाइएका थिए । त्यसैगरी सैन्य गठबन्धन चाँहिदैन्, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नाराहरु प्रदर्शनकारीहरुले लगाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);