अडियो काण्डले चौतर्फी विश्वास गुमाउँदै ओली सरकार | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

अडियो काण्डले चौतर्फी विश्वास गुमाउँदै ओली सरकार

काठमाडौं, ९ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले राजीनामा दिई सकेका छन् । तर बाँस्कोटाको राजीनामाले मात्र नहुने भन्दै कडा कार्वाहीका लागि अनुसन्धानको माग गरिएको छ । प्रकरणमा संलग्न अन्य व्यक्तिमाथि पनि निष्पक्ष छानविन गर्न सरकारमाथि चौतर्फी दबाब शुरु भएको छ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग गरेको कमिसन डिलको अडियो सार्वजनिक पछि बाँस्कोटाले शुक्रबार पदबाट राजीनामा दिए । तर यो प्रकरण बाँस्कोटाको राजीनामाले मात्र टुंगिएको छैन ।

यस प्रकरणमा प्रधानमन्त्रीलाई समेत जानकारी हुँदा पनि केहि कारवाही नभएकोले बाँस्कोटाको राजीनामा मै मुद्दा सेलाउने हो कि भन्ने संशय पैदा भएको छ । प्रधानमन्त्री स्वयम् भ्रष्टाचारीको मुख नहेर्ने बताउँदै आएपनि प्रधानमन्त्रीका विश्वास पात्र मानिएका बाँस्कोटाका संलग्न भएको अडियो प्रकरणमा स्वयं प्रधानमन्त्रीमाथि पनि शंका गर्ने ठाउँ छ ।

अडियो प्रकरणको निष्क्षप छानबिन हुनुपर्ने माग समेत गरिएको छ । यो प्रकरण प्रधानमन्त्री ओलीको भ्रष्टाचार विरुद्धको प्रतिवद्धता परिक्षण अवसर पनि भएको भ्रष्ट्राचार विरोधी अभियान्ता डा. सुरेन्द्र भण्डारीको तर्क छ।

बाँस्कोटा प्रधानमन्त्रीका विश्वास पात्र भएकाले उन्मुक्ति दिन सक्ने आँकलन हुन थालेको छ । यति मात्र होईन, यस प्रकरणमा प्रधानमन्त्रीको भुमिका माथि पनि आशंक गरिएको छ । प्रकरणको सत्य तथ्य बाहिर ल्याउन प्रधानमन्त्रीले छानबिनका पहल गर्नु पर्ने पूर्व सचिव भीम उपाध्यायको सुझाव छ ।

सरकारले भ्रष्टाचारको मुद्दामा शुन्य सहनशिलताको गीत गाएपनि सरकारकै बहालवाला मन्त्री भ्रष्टाचारमा संलग्न हुनुले सरकारले विश्वास गुमाउँदै गएको छ । यसर्थ सरकारले जनविश्वास आर्जन गर्ने हो भने संलग्नहरुलाई कार्वाहीको दायरामा ल्याउन अब ढीला गर्नुहुँदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);