कपिलवस्तुमा गैर कृषि व्यवसाय उत्प्रेरणा तालिम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

कपिलवस्तुमा गैर कृषि व्यवसाय उत्प्रेरणा तालिम सम्पन्न

kapilbastu krishi utprerana

कपिलवस्तु, २९ माघ । कपिलबस्तुको यशोधरा गाँउपालिकाको वडा नम्बर १,२ र ३ का एक सय पाँच जनालाई गैर कृषि व्यवसाय उत्प्रेरणा तालिम प्रदान गरिएको छ ।

जिबिकोपार्जनकालागि स्थानीयस्तरमा गर्न सकिने उद्यमसम्बन्धी जानकारी प्रदान गरी उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले अपाङ्गता भएका व्यक्ति, तिनका परिवार, एकल महिला र भूमिहीन परिवार गरी तीन वटै वडाका गरी एक सय पाँचजनालाई गैर कृषि व्यवसाय उत्प्रेरणा तालिम प्रदान गरिएको हो ।

अस्ट्रेलियन एड, यू.एम.एन तथा दलित सामाजिक विकास केन्द्रको समन्वयमा सम्पन्न उद्यम तालिम कार्यक्रममा दलित सामाजिक विकास केन्दका फिल्ड कोअर्डिनेटर रमेश कुर्मी र उद्यमसम्बन्धी तालिम सहजकर्ता राजेश बढईले जिबिकोपार्जनका लागि उद्यम गर्न सकिने बारेमा सहभागीहरुलाई उत्प्रेरित गर्नुभएको थियो ।

तालिमपछि गैर कृषि व्यवसाय उद्यम गर्न ईच्छुकहरुलाई सहयोग गरिने दलित सामाजिक बिकास केन्दले जनाएको छ ।

अस्ट्रेलियन एड, यू.एम.एन तथा दलित सामाजिक बिकास केन्द्रको समन्वयमा यशोधरा गाउंपालिकाको वडा नम्बर १,२ र ३ मा जिबिकोपार्जन, वातावरण संरक्षण, सिञ्चाई पोखरीहरुको संरक्षणलगायतका कार्यक्रमहरु संचालन हुँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);