हिमालयन बैंकको साधारण सभा, २२ प्रतिशत लाभांश पारित | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

हिमालयन बैंकको साधारण सभा, २२ प्रतिशत लाभांश पारित

काठमाडौं, २९ माघ । हिमालयन बैंकको २७ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २२ प्रतिशत लाभांशलाई पारित गरेको छ ।

बैंकको बुधबार काठमाडौंमा बसेको वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो ।

लाभांश पारित भएसँगै बैंकको चुक्ता पूँजी ९ अर्ब ३७ करोड रुपैयाँ नाघेको छ । साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा पाँच जनालाई निर्विरोध निर्वाचित गरेको छ ।

आगामी कार्यकालको साधारण सभाले सञ्चालक समितिमा आशिष शर्मा, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, फैसल लालानी र तुलसीप्रसाद गौतमलाई संस्थापक सञ्चालकमा निर्विरोध चयन गरेको हो ।

जसमध्ये लालानी पाकिस्तानको हबिव बैंक र गौतम कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक बन्नुभएको हो । त्यस्तै बैंकले अधिकृत पूँजीपनि १० अर्ब रुपैयाँबाट वृद्धि गरी १२ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्तावलाई समेत पारित गरेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);