कुशल र विनोदको अर्धशतकमा नेपालले दियो १९१ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

कुशल र विनोदको अर्धशतकमा नेपालले दियो १९१ रनको लक्ष्य

kushal malla

काठमाडौं, २५ माघ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसी क्रिकेट विश्वकप लिग २ मा पहिलो अंकको खोजिमा रहेको नेपालले अमेरिकालाई १ सय ९१ रनको विजय लक्ष्य दिएको छ । किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा शनिबार पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभर खेल्दै सबै विकेट गुमाएर रन १ सय ९० रन बनाएको हो ।

नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलीरहेका कुशल मल्लले ५०, विनोद भण्डारीले ५९,ज्ञानेन्द्र मल्लले २१ र पारस खड्काले रन बनाए । अमेरिकाका क्यामरन स्टेन्भेन्सनले ३ विकेट लिए ।

सन् २०२३ को विश्वकप छनोटको आधार रहेको प्रतियोगिताको पहिलो खेल ओमानसँग १८ रनले पराजित भएको नेपालका लागि यो खेल निकै महत्वपुर्ण छ । अमेरिका पनि पहिलो खेलमा ओमानसंग हारेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);