काठमाडौं, २३ माघ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकाले ओमानलाई जितका लागि २ सय १४ रनको लक्ष्य दिएको छ ।
किर्तिपूर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा अलआउट हुँदै २ सय १३ रन बनायो । अमेरिकाका लागि इयान होल्याण्डले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अक्षय होमराजले ४४ रन बनाए ।
ओमानका मोहमद नदीमले ३ विकेट लिए । यस्तै बिलाल खान, इकाब इलास र जिसन मक्सुदले २–२ विकेट लिए ।
सिरिज अन्तर्गत पहिलो खेलमा बुधबार ओमानले नेपाललाई १८ रनले हराएको थियो ।