पत्रकारिता विकासका लागि अनुसन्धानात्मक पाठ्यक्रम आवश्यक : अर्थमन्त्री खतिवडा | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८२, आइतबार

पत्रकारिता विकासका लागि अनुसन्धानात्मक पाठ्यक्रम आवश्यक : अर्थमन्त्री खतिवडा

arthamantri-pathyakram

काठमाडौं, २२ माघ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नैतिक र सामाजिक मूल्य मान्यतामा आधारित पत्रकारिताका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार राजधानीका बल्खुमा निर्माण गर्न लागिएको त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास समारोहमा अर्थमन्त्री खतिवडाले सामाजिक जिम्मेवारी सहितको पत्रकारिता विकासका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास अनिवार्य रहेको बताउनुभएको हो । उहाँले विभागको नयाँ भवन निर्माणपछि विश्वविद्यालयले अनुसन्धानका कार्यहरुलाई अगाडि बढाउने विश्वास समेत गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले सबै शैक्षिक प्रतिष्ठानहरुलाई पनि पत्रकारिताको अध्ययन, अध्यापन र अनुसन्धान गराउने केन्द्रको रुपमा विकास गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा सञ्चार क्षेत्रको पहिलो भूमिका रहने बताउनुभयो । त्यसका लागि सरकारले आम सञ्चारका पूर्वाधारहरुको विकासमा ध्यान दिएको अर्थमन्त्री खतिवडाको भनाई थियो ।