राष्ट्रिय योग दिवस विविध कार्यक्रम गरी मनाइयो तस्बिरसहित | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

राष्ट्रिय योग दिवस विविध कार्यक्रम गरी मनाइयो तस्बिरसहित

nepal yoga day

काठमाडौं, ०१ माघ।  राष्ट्रिय योग दिवसका अवसरमा बुधबार राजधानीमा भएको एक कार्यक्रममा मन्त्री ज्ञवालीले योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा भएको बताउनुभएको हो । उहाँले अग्रजहरुले योगका माध्यमबाट स्वस्थ जीवन बाँच्ने र धेरै महत्वपूर्ण सम्पदा तथा ज्ञानहरु हस्तान्तरण गरेर गएका उल्लेख गर्नुभयो ।
national yoga day
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले योगको माध्यमबाट मान्छेमा सकारात्मक भावनाको विकास हुने उल्लेख गर्नुभयो ।

nepal yoga
यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले योगलाई औषधि र उपचारको अर्थमा मात्रै नभएर जीवन पद्धतिको रुपमा बुझ्नुपर्ने बताउनुभयो ।

benefits of yoga
स्वामी आनन्द अरुणले विश्वमा राजनीति र धर्मका कारण झगडाहरु हुने गरेको उल्लेख गर्दै योग र साधनाको माध्यमबाट विश्वलाई एकतावद्ध गर्न सकिने उल्लेख गर्नुभयो ।

राष्ट्रिय एकताः योगको सान्दर्भिकता भन्ने नारा सहित बुधबार योग दिवस मनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्राललयको आयोजनामा दिवस मनाइएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);