वास्तविक कृषक राज्यको सुविधावाट वञ्चीत | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

वास्तविक कृषक राज्यको सुविधावाट वञ्चीत

cow business

पोखरा, २९ पुस ।  सरकार यतिवेला समृद्धिका कुरा गरिरहेको छ ।समृद्धिका लागि उत्पादन मुलक काममा लाग्न पनि सरकारले सवैलाइ आह्वान गरेको छ ।सरकारका मन्त्रि हरुले शुखि नेपाली समृद्ध नेपालका नाराहरु जनताका माझ वांड्दै हिंडेका छन तर समृद्धि भाषणले होइन कामले आउंछ भन्ने जनतालाई वढि थाहा छ ।

मिलीजुलि गाई फार्म कास्की जिल्ला पोखरा महानगर पालिका वडा नं १६ अर्मला मा स्थापित कृषि फार्म हो जहां यस वडाका १० जना जागरुक कृषक हरुले व्यवसायिक गाइ पालन गर्दछन ।करिव ५ वर्ष वित्न लाग्यो यो ठाउंमा गाइ पालन शुरु गरेको ।विक्रम सम्वत २०७१ सालमा ८ वटा होलस्टन जातका गाइ भारतको पटना वाट ल्याएर पाल्न थालेको ५ वर्ष वित्दै छ र यतिवेला यो फार्ममा ७२ वटा उन्नत खालका गाइ छन । अर्मलामा ३० रोपनि जग्गा भाडामा लिएर शुरु गरेको याृ गाइ फार्ममा २ करोडको लगानी छ यतिवेला ।दैनिक ३ सय लिटर दुधवाट दिनको २४ हजार भन्दा वढि आम्नादी हुने यो फार्म यो क्षेत्रकै नमुना गाइ फार्मको रुपमा रहेको छ ।

उन्नत जातका गाइको मुल्य प्रति गाइ १ लाख देखि १ लाख पचास हजार सम्म पर्छ ।यस प्रकारका फार्म हरु धेरै छन कास्की छन कास्कीमा तर वास्तविक पशुपालक किसान हरुकोमा राज्यको नजर पर्देन ।

समृद्ध नेपाल वनाउन कृषिमा क्रान्ति ल्याउने र उत्पादनमुलक काममा लागेका फार्मका किसान हरुलाइ राज्यले हेर्दैन ।राज्यले वास्तविक किसानहरुलाइ केहि देला भनेर आशा उनिहरुको छैन । यहांता फार्ममा गाइ भैसि पाल्नेले भन्दा झोलामा गाइ फार्म वोकेर हिंडने नक्कलि कृषक हरुको अत्यधिक वोलवाला हुने गरेका ेपहुंचका भरमा अनुदान पनि झोलामा गाइ फार्म वोकेर हिंडने हरुले कुम्ल्याएको वास्तवीक किसानको ठम्याइ छ ।पशुपालक किसानका लागि समस्या छ दाना महंगो भने दुधको मुल्य भने कम ।लगानी गरे अनुरुप आम्दानी उठेको छैन ।

त्यसोत जन प्रतिनिधीहरुले पनि किसानले कृषिमा क्रान्ती ल्याउनु पर्छ भन्ने गरेका छन ।तर किसानका लागि उपयुक्त निती भने वनेको छैन र किसान हरुले सरकारी नितीको आशा गरेको धेरै भयो।

गण्डकी पदेश सरकारले भने पशुपालक किसान हरुका लागि नितीगत व्यवस्था भएको वताउंछ ।

किसान हरुले अनुदान भन्दा पनि उचित दुधको मुल्य र दानामा विशेष छुटको पक्षमा छन र राज्यले पहुंचको भरमा भन्दा पनि वास्तविक किसानहरुको पक्षमा राज्यले काम गरोस भन्ने चाहन्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);