कैलाली, २८ पुस । सुदूरपश्चिम प्रदेशका स्थानीयतहमा भ्रष्टाचार मौलाएको देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले सुदूरपश्चिम प्रदेश प्रमुख सर्मीलाकुमारी पन्तलाई सोमबार बुझाएको बार्षिक प्रतिवेदनले भ्रष्टाचार मौलाएको देखाएको हो ।
पछिल्लो समय अख्तियारले सक्रियता बढाए पनि नयाँ संविधानले क्षेत्राधिकार कटौति गरेका कारण भ्रष्टाचार नियन्त्रणमा कठिनाई भएको अख्तियारले जनाएको छ ।
बार्षिक प्रतिवेदनअनुसार आयोगको कार्यालय कञ्चनपुरमा मात्रै आर्थिक बर्ष २०७५/०७६ मा १२ सय ७७ उजुरी परेको छ । ती मध्ये ६ सय १० उजुरी फर्छ्यौट भईसकेको र ६ सय ६७ उजुरी आर्थिक बर्ष २०७६/०७७ का लागी सारीएको छ ।
आयोगले आर्थिक बर्ष २०७५/०७६ मा भ्रष्टाचारको आरोपमा कैलालीबाट ४ जना र कञ्चपुरबाट ३ जनालाई रंगेहात पक्राउ गरेको जनाएको छ ।