काठमाडौं महानगरले उपत्यकाका विभिन्न ८ स्थानमा आकाशेपुल निर्माण गर्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

काठमाडौं महानगरले उपत्यकाका विभिन्न ८ स्थानमा आकाशेपुल निर्माण गर्दै

अप्सरा गौतम
काठमाडौं, १४ पुस । काठमाडौं महानगरले मानवीय जोखिम न्यूनिकरण गर्न तथा सवारी आवागमन सहज बनाउन उपत्यकाका विभिन्न ठाउँहरुमा आकासे पूलको निर्माणकार्य सुरु गरेको छ ।

महानगरले यसै आर्थिक वर्षमा सबै ठाउँका पुलको निर्माणकार्य सक्ने जनाएको छ । जसले गर्दा सवारी आवागमन सहजहुने तथा मानवीय जोखिम कम हुने अपेक्षा लिईएको छ ।

काठमाडौं उपत्यकामा पैदलयात्रीका लागि उपत्यकाका सडकमा हिड्न कठिन रहेको वास्तविकता सर्ववितिदै छ । सडकमा आकासेपुल नहुँदा सडक वारपार गर्न कठिनका हुनुका साथै दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ ।

काठमाडौं महानगरपालिकाले मानवीय जोखिम न्यूनिकरण गर्न भन्दै माईतीघर, महाराजगंज, चावहिल, बानेश्वर, कोटेश्वर लगायत उपत्यकाका ८ वटा ठाउँहरुमा आकासेपुल निर्माण गर्ने सुरुवात गरेको छ ।

अहिलेसम्म माईतीघरमा पिलर उठाउने काम मात्र भएको छ भने चावहिलमा निर्माण भईरहेको पुल ३ महिना भित्र सक्ने काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिनुभयो ।

त्यस्तै नयाँ बानेश्वरमा निर्माण हुने पुल टेण्डर भई मुल्याङकन हुन बाँकि रहेको र टेकु, विष्णुमती, रिङरोड र कोटेश्वरको सर्भे हुन बाँकि रहेको छ । महानगरले पैदलयात्रुको सहजताका लागि आकासेपुल निर्माण गर्न लागे पनि काममा भने ढिलाई भईरहेको स्वीकार गरेको छ ।

काठमाडौं महानगरले जस्तै सडक विभाग अन्तर्गत पनि उपत्यकाका १२ ठाउँमा आकासेपुल निर्माण भईरहेका छन् । सडक विभाग अन्तर्गत विभागले हालसम्म कोटेश्वर र रिङरोडमा ३ वटा पुल निर्माण गरी सकेको र बाँकि काम भईरहेको बताएको छ ।

उपत्यकामा पैदल यात्रुले निकै जोखिम मोल्नुपर्ने अबस्था छ । फुटपाथमा राखिएका पसलले न त फुटपाथमा हिंड्न सजिलो छ । न त सडक वारपार गर्न नै सजिलो छ । महानगरले भने जस्तै उपत्यकामा आकासेपुल निर्माण भएमा सर्वसाधारणका लागि सडक वारपार गर्न सहज हुने छ ।

यसको साथै सडक दुर्घटनाको जोखिम पनि न्यूनिकरण हुने छ । त्यसैले ढिलाई नगरी सरोकार निकायले काममा तदारुकता देखाउन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);