संसदमा प्रस्तुत गर्ने एजेण्डाका बारेमा नेकपा अध्यक्षद्वयबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

संसदमा प्रस्तुत गर्ने एजेण्डाका बारेमा नेकपा अध्यक्षद्वयबीच छलफल

KP-Oli-and-Prachanda

काठमाडौं, ४ पुस । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच संसदमा प्रस्तुत गर्ने एजेण्डाका बारेमा छलफल भएको छ । प्रधानमन्त्री बालुवाटारमा शुक्रबार बिहान भएको उक्त भेटमा महासचिव विष्णु पौडेल पनि सहभागि हुनुहुन्थ्यो ।

तीन नेताबीचको भेटवार्तामा संसदको हिउँदे अधिवेसनबारे कुराकानी भएको जनाइएको छ । भेटवार्तामा स्थायी समिति बैठकमा उठेका प्रश्न लगायतका विषयमा पनि कुराकानी भएको थियो ।

यसैबीच शुक्रबार संसद सुरु हुनुअघि नेकपा संसदीय दलको बैठक पनि बस्दै छ । दलको बैठक बस्नुअघि दुई अध्यक्षबीच भेटवार्ता भएको हो । संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरमा बस्ने छ ।