नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

sachibalaya baithak

काठमाडौं, ४ मंसिर । सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा मन्त्रिपरिषद पुनर्गठनका बारेमा छलफल भइरहेको जनाइएको छ ।

बिहान ९ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल मन्त्री परिषदमा सहभागी गराइने नयाँ अनुहारका बारेमा आन्तरिक छलफलमा लागेपछि दिउँसो १२ बजेका लागि सारिएको थियो ।

यसैगरी प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले मन्त्रीपरिषद पुनर्गठनका बिषयमा आजै राष्ट्रपति बिद्यादेवी भण्डारीसंग छलफल गर्नुभएको जनाइएको छ । ओली र दाहालबीच बालुवाटारमा छलफल भए लगत्तै दुबै जना राष्ट्रपति भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शितल निवास पुग्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);