निराश नहुन सबै नागरिकलाई नेता नेपालको आग्रह | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

निराश नहुन सबै नागरिकलाई नेता नेपालको आग्रह

काठमाडौं, ३० कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निराश नहुन सबै नागरिकलाई आग्रह गर्नु भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ नेता नेपालले असल समाज निर्माणका लागि आशावादी हुनैपर्ने पनि स्पष्ट पार्नु भयो ।

उहाँले साहित्यकारहरुलाई सुन्दर समाज निर्माणका लागि प्रेरित गर्नेखालका साहित्यिक कृतिहरुको रचना गर्न पनि सचेत गराउनु भयो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा साहित्यकार संविदा वाग्लेद्धारा लिखित ‘नवपल्लव’ र अर्की साहित्यकार उषा थपलियाद्धारा लिखित ‘नारी, तिमी हारेकी छैनौं’ नामक पुस्तकको एकसाथ लोकार्पण गर्दै उहाँले सुन्दर समाज निर्माणका लागि साहित्यिक रचनाहरुले पनि प्रेरित गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

त्यस अवसरमा वरिष्ठ नेता नेपालले समाजमा सकारात्मक योगदान पु-याउने गरी साहित्यिक कृतिहरुको सृजना गरेको भन्दै साहित्यकारद्धय संविदा वाग्ले र उषा थपलियाप्रति आभार पनि व्यक्त गर्नु भयो ।

नेता नेपालले समाजमा विध्वंश मच्चाउने खालका कुनै पनि गतिविधि हुन नदिन साहित्यिक रचनाहरुले उत्पेरक तत्वको भूमिका निर्वाह गर्नुपर्ने पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);