कैलाली, २४ कात्तिक । छाडा चौपायाको समस्यालाई व्यवस्थापन गर्नका लागि सुदूरपश्चिम सरकारले गौग्राम निर्माण गर्ने भएको छ । कैलालीको लम्कीचुहा नगरपालिकाले दिर्घकालिन समाधानका लागि ४ हजार चौपाया व्यवस्थापन गर्न ५० लाखको लागतमा गौग्राम निर्माण गर्न लागेको हो ।
सडक छेउछाउमा छाडिएका चौपायाले सवारी दुर्घटना निमत्याउने, खेतबारीमा लगाएको अन्नबाली खाने लगाएतका समस्याहरुले स्थानीहरु आजित भए पछि कैलालीको लम्कीचुहा नगरपालिकाले दिर्घकालिन योजना सहित काम अगाडी बढाएको छ । छाडा चौपायाको समस्याले विकराल रुप लिन थाले पछि लम्कीचुहा नगरपालिकाले ४ हजार चौपाया व्यवस्थापन गर्न मिल्ने गरी गौग्राम निर्माण गर्न लागेका हो ।
छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले थालेको पहललाई प्रदेश सरकारले पनि सहयोग गर्न तयार भएको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भयो ।
झण्डै ५० लाखको लागतमा निर्माण हुन लागेको गौग्रामको शनिवार प्रदेशका मुख्यमन्त्री भट्टको हातबाट शिलान्यास पनि भइसकेको छ । शुरुवाती समयमा १ हजारको संख्यामा गाईगोरु राख्ने योजना रहेको र विस्तारै बढाउँदै ४ हजारलाई व्यवस्थापन गर्ने लक्ष्य रहेको लम्कीचुहा नगरपालिकाले जनाएको छ ।
गौशालामा प्रांगारिक मल उत्पादनका साथै गहुत प्रशोधन गरिने लम्कीचुहा नगरपालिका–३ का वडा अध्यक्ष भत्तः बहादुर चलाउनेले जानकारी दिनुभयो । प्रांगारिक मल प्रतिकिलो १० रुपैयाँमा बेच्ने योजना पनि रहेको उहाँको भनाई छ ।
करिव २५ हेक्टर क्षेत्रफलमा यो गौग्राम बनाउन थालेको होे । हाल भने यहाँको गौशालामा करिव एक हजार गाइगोरु रहेका छन् । गौग्राममा पालिने झण्डै चार हजार सामुदायिक चौपायाको मलमुत्र संकलन गरी प्रासेधान गरिने, प्राङगारीक उत्पादनमा जोड्दिन गोबर मल उत्पादन गरी बजारमा बिक्रिगर्ने, सोही क्षेत्रलाई धार्मिक गौशालाको रुपमा स्थापना गरी अगाडी बढाउने लक्ष्य रहेको छ ।