काठमाडौं, २४ कात्तिक । संसदीय समितिले भारतद्वारा नेपाली भूभाग मिचिएको बिषयमा प्रधानमन्त्री ओलीसंग छलफल गर्ने,राज्य व्यवस्था समितिले सोमवार छलफलका लागि प्रधानमन्त्रीलाई बोलायो ।
भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ ।
सांसदहरुले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्री ओलीसँग छलफलको माग गरेपछि सोमबार प्रधानमन्त्रीलाई समिति बैठकमा आमन्त्रण गरिएको समितिको सचिवालयले जनाएको छ ।भारतीय नयाँ नक्सामा नेपाली भूभाग लिपुलेक, कालापानी परेको भन्दै नेपालमा सर्वत्र विरोध भइरहेको छ । तर, भारतले नेपाली भूभाग नपरेको दाबी गर्दै आएको छ ।
यस विषयमा राज्य व्यवस्था समितिले चासो देखाएको हो । त्यसै गरी समितिले अन्य सरोकारवाला निकायसंग छलफल गरिने जनाएको छ ।