दिसापिसाब बाटै पत्ता लाग्नेछ, तपाई धनी कि गरीब ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

दिसापिसाब बाटै पत्ता लाग्नेछ, तपाई धनी कि गरीब ?

poor-rich

एजेन्सी, १८ कात्तिक । तपाईको आर्थिक सामाजिक हैसियत कस्तो छ ? आफूलाई माथिल्लो हैसियतको देखाउने देखावटी प्रयत्न त गर्नुभएको छैन ? यदि त्यस्तो गर्ने प्रयत्न गर्दै हुनुहुन्छ भने छाड्नुहोस् । किनकी अब तपाईको बाहिरी देखावटीले होइन दिसापिसाबबाटै तपाईको आर्थिक सामाजिक स्तर पत्ता लगाउन सकिनेछ ।

सुन्दैमा अनौठो लाग्न सक्दछ । तर अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयको प्रयोगकशालामा वैज्ञानिकहरु अहिले यस्तै एउटा प्रयोगमा घोत्लिरहेका छन् ।

उक्त प्रयोगशालामा केही असामान्य नमूनाहरुको संकलन गरिँदैछ । अष्ट्रेलियाको कूल जनसंख्याको २० प्रतिशत मानिसको मलमूत्रको नमूना त्यहाँ संकलन गरिएको हो ।

देशभरका ढल प्रशोधन केन्द्रहरुबाट नमूना संकलन गरी त्यसलाई चिस्याएर विश्वविद्यालयका शोधकर्ताहरुलाई पठाइएको छ ।

ती नूमनाहरुलाई अस्ट्रेलियाका विभिन्न समुदायका जनताको आहार, जिवनशैली तथा सेवन गर्ने औषधिको आनीबानीका बारेमा जानकारी प्राप्त गर्ने अचूक अस्त्र मानिएको छ ।

ती नमूनाहरु मध्ये सामाजिक आर्थिकरुपले सम्पन्न इलाकाहरुबाट संकलित दिसापिसाबको परीक्षणका क्रममा सम्पन्नशाली इलाका बस्ने मानिसहरुले पर्याप्त मात्रामा फाइबर, अमिला फलफूल तथा चिया कफी सेवन गर्ने गरेको देखिएको छ । शोधकर्ताका अनुसार धनी समुदायका मानिसहरुको आहारा बढी स्वस्थ हुने गरेको छ ।

शोधकर्ताहरुका अनुसार यसरी मानिसको मलमूत्रबाटै उसले गर्ने भोजन र अन्ततः उसको सामाजिक आर्थिक अवस्थाको बारेमा पत्ता लगाउन सकिन्छ । जस अनुसार धनी मानिसहरुको सहुदायमा खानामा फाइबरका साथै अमिला फलफूलहरुको खपत धेरै हुन्छ । उच्च आर्थिक सामाजिक हैसियत भएका समुदायमा चियाकफीको सेवन पनि उच्च हुने गरेको दिसाको परीक्षणबाट पत्ता लागेको छ ।

अर्को अध्ययनले के देखाएको छ भने स्नातक वा त्यो भन्दा माथिल्लो डिग्री हासिल गरेका मान्छेहरुले एस्प्रेसो वा ग्राउण्ड कफी बारम्बार सेवन गर्ने गर्दछन् । शोधकर्ताका अनुसार दिनहुँ कफी पिउँदा लाग्ने खर्च गर्ने क्षमताका साथै धनी अष्ट्रेलियालीहरुमा कफी पिउने संस्कृति दुबैको परिणाम हो यो ।

त्यस्तै सामाजिक आर्थिक हिसाबले निम्न वर्गका मानिसहरुले दुखाई कम गर्ने औषधि ट्रामाडोल, उच्च रक्तचापको औषधि एटेनोल तथा प्रेगेबलिन जस्ता औषधिको खपत बढी गर्ने गरेको पाइएको छ । यी औषधिहरुको खपत बढी उमेरका तथा गरीब समुदायका मानिसमा बढी हुने गरेको छ ।

दिसापिसाब परीक्षणको यो नतिजाले अष्ट्रेलियामा अहिले पनि आर्थिक सामाजिक असमानता रहेको देखाएको छ । यसअघि सन् २०१८ को एक अध्ययनले ओइसिडी देशहरुमध्ये अष्ट्रेलियामा धनी र गरीब बीचको खाडल बढी रहेको देखाएको थियो । बीबीसीको सहयोगमा

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);