यस्ताे छ आजकाे राशीफल | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

यस्ताे छ आजकाे राशीफल

आज  १८ पुस २०७८ । तदनुसार सन् २०२२ जनवरीकाे २ तारिक, आइतबार । पौषकृष्णपक्ष अमावस्या(औशी) तिथि, मुल नक्षत्र, बृद्धि योग, चन्द्रमा धनु राशिमा रहेको छ । विहान सूर्योदय ६ः५७ मा हुनेछ भने सूर्यास्त  १७ः१९ मा हुनेछ । आज विहान कसैसँग पनि बाचतीत नगरी स्नान गर्ने चलन पनि छ । आजका देवता सूर्य हुन भने ग्रहदेव बुध हो। राहुकाल चार बजेर तीन मिनेटबाट सुरु भएर ५ बजेर २१ मिनेटमा सकिने छ । अभिजित मुहूर्त ११ः४७ मा शुरु भएर १२ः२८ मा हुनेछ । राहुकाल भएको समयमा शुभकार्य नगर्नुहोला। औंशीको दिन पितृउद्धारको लागि श्राद्र गरिन्छ ।

औशी तिथिमा चन्द्रमा प्रकाशहीन अवस्थामा रहने हुनाले नकारात्मक शक्तिको प्रभाव हुनाले याे समयमा गरेका काम सफल नहुने विश्वास छ । आइतबार सरकारी कामकाज शुरुवात गरियो भने हप्ताभित्र सफल हुनेछ । आर्थिक कारोबारका लागि औंशीको दिन पनि निषेध गरिएको छ । नियमित व्यापार व्यवसायबाहेक अन्य आर्थिक कारोकारको लागि औंशी बार्ने लोकचलन छ । प्रस्तुत छ आजको राशिफल:

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकको लागि धनलाभ हुनसक्छ । व्यापार ब्यबसायबाट पनि लाभ हुनेछ । दाम्पत्यजीवनमा साथ, सहयोग र यात्रा गर्दा  सुख मिल्नेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । कसैसँग विवाद हुने काम नगर्नुहोला । आजको दिन नयाँ काम नगर्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईलाई आज विगतमा गरेको कामबाट धनलाभ हुनेछ । मन प्रसन्न हुनेछ । धन र स्वास्थ्यलाभ हुनेछ । तपाईलाई शत्रुलेसमेत सम्मान गर्नेछन् । आजको दिन आयभन्दा व्यय बढी हुने भएकाले सोचेर खर्च गर्ने गर्नुहोला । सकारात्मक सोच र नियमित काममा मात्र ध्यान दिनुहोला ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन तपाईको मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछ । सोचेअनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ।  यात्रा गर्न खोज्नु भएको छ भने दिन कष्टकर हुनेछ । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज हरेक कुराका सकारात्मक सोच राखेका काम गर्नु पर्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

तपाईको मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईको लागि हानी हुनेछ । परिवारका सदस्यसँग पनि विवाद हुने कुरा नगर्नुहोला । मौन रहनु उत्तर हुनेछ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

तपाईको लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका पनि व्यवधान आउनसक्छ । नयाँ बस्त्र खरिद गर्दा सुख मिल्नेछ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ । त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु नैं बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजको दिन मनमा चिन्ता र भय उत्पन्न हुनेछ । आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । मित्रमण्डलीहरुसँग विवाद हुनसक्छ । त्यसैले आजको दिन सोचविचार गरेर काम गर्नुहोला । देवालय र शिवालयको यात्राले तपाईको मनमा शान्ति हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । व्यापार व्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख समृद्धिप्राप्त हुनेछ । मनमा प्रसन्नता छाउने छ । अर्थलाभ समेत हुनेछ । कसैलाई सापटी दिनुभएको धन समेत प्राप्त हुने योग रहेको छ ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानीभन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको लागि फाइदा हुनेछ ।  त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

बिहान सूर्य भगवानकाे दर्शन गरेर मात्र दैनिक काम शुरुवात  गरेमा आज तपाईले सोचेजस्तै हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । चन्द्रमाको साथ रहेकाले तपाईले सोचअनुसारको काम हुनेछ । आजको दिन घरका श्रेष्ठ, जेष्ठ व्यक्तिको आशीर्वाद लिएर काम गर्नु वेश हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आज तपाईलाई सामाजिक मानसम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन देवालय यात्राले तपाइँमा समाजिक सेवाभाव जाग्नेछ । सबैको भलो हुने काम गर्दा  परिवार र समाजमा तपाईका लागि आदरभाव बढ्ने छ । मकर राशि भएका ब्यबसायीहरुले घरका श्रेष्ठ आभिभावकलाई नयाँ बस्त्र दिनुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

तपाईको मन आज निकै प्रसन्न हुनेछ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन देवालय दर्शनले मनोकाक्षा पुरा हुनेछ । 

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

स्वास्थ्यमा ख्याल राख्नुहोला । आकस्मिक संकट आउने छ । मनमा त्रास बढेपनि आज देवताको स्मरण गर्दा लाभ हुनेछ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र आफ्नो नियमित कामबाहेक अन्य काममा ध्यान नदिनुहोला । परिवारका श्रेष्ठ सदस्यलाई मिष्ठान भोजन खान दिनुहोला ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);