नेपाल स्काउटको जग्गा निजी कम्पनीको कब्जामा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

नेपाल स्काउटको जग्गा निजी कम्पनीको कब्जामा

nepal scout

काठमाडौं, २ कात्तिक । नेपाल स्काउटका तत्कालीन पदाधिकारी र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको मिलेमतोमा लैनचौरस्थित स्काउटका नाममा रहेको १६ रोपनी जग्गा अतिक्रमणमा परेको खुलासा भएको छ । स्काउटका तत्कालीन पदाधिकारीलाई प्रभावमा पारेर कम्पनीले स्काउटको जग्गा कब्जामा लिएर आफ्नो स्वार्थअनुसार प्रयोग गरिरहेको पाइएको हो ।

काठमाडौं महानगरपालिका–२९ लैनचौरस्थित स्काउटको प्रधान कार्यालयसँगै रहेको सरकारी जग्गा भाडामा लगाउने क्रममा यस्तो अनियमितता भएको खुलेको हो । कम्पनीले भाडामा लिने क्रममा ३ रोपनीमा सम्झौता गरेको थियो तर स्काउटकै पदाधिकारीको मिलेमतोमा अवैध रूपमा अन्य ११ रोपनीभन्दा बढी जग्गासमेत उपयोग गर्दै आएको पाइएको छ ।

अवैध रूपमा उपयोग गरिँदै आएको सो जग्गाअन्तर्गत पाँच रोपनी नौ आनामा कम्पनीले लैनचौर बैंक्वेट नामको पार्टी प्यालेसको संरचना निर्माण गरी सञ्चालनमा ल्याएको छ । त्यस्तै, पार्टी प्यालेसका साथै माई च्वाइस रेस्टुरेन्ट एन्ड बारसमेत सञ्चालन गरी खाली स्थानलाई पार्किङका रूपमा उपयोग गरिरहेको छ भने पार्किङबापत रकम असुलिरहेको छ ।

स्काउटले सोही जग्गा भाडामा लगाएर आन्तरिक स्रोत व्यवस्थापन गर्दै आइरहेको जनाएको छ । लैनचौरमा स्काउटको नाममा २६ रोपनी जग्गा रहेको छ । विवादित १६ रोपनीबाहेकका जग्गामा बनेका संरचनासमेत खड्का ल्यान्डले भाडामा लिएको देखिन्छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);