भारत र चीनसंगको सम्बन्ध नयाँ चरणमा प्रवेश : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

भारत र चीनसंगको सम्बन्ध नयाँ चरणमा प्रवेश : प्रधानमन्त्री

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको छिमेकी मुलुक भारत र चीनसंगको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको बताउनु भएको छ ।

मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण अत्यन्तै सफल भएको उल्लेख गर्नुभयो ।

नेपाल आउनुअघि राष्ट्रपति सीले भारतको भ्रमण गरेर एशियाका देशहरु नयाँ चरणको सम्बन्धको विकास गरिरहेका छन् भन्ने सन्देश दिएको प्रधानमन्त्री ओलीको भनाई छ ।

उहाँले एसिया विकास र साहित्यको जननी भएको भन्दै वास्तविक सुन्दर परम्परा र ऐतिहासिक सभ्यताको आधुनिक रुपमा विकास गरेर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

प्रधानमन्त्री ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर नेपालका संचारमाध्यम र संचारकर्मीले आफ्नो शिष्टता र मर्यादा विर्सिएको भन्दै असन्तुष्टी समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले ‘नेपाल भ्रमण वर्ष २०२०लाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

अन्तरहिमाली सांस्कृतिक एवंम् साहित्यिक सम्बन्ध प्रवर्द्धनका लागि प्रतिष्ठानले चीन र दक्षिण एसियाका साहित्यकारहरुको सम्मेलन गरेको हो । सम्मेलन कात्तिक ३ गते सम्म चल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);