काठमाडौँ, २१ असोज । सत्तारूढ समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना पिताबाट दसैँको टीका ग्रहण गर्नु भएको छ । दसैँको शुभसाइत पारेर उहाँसहित सपरिवारले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईका हातबाट टीका ग्रहण गर्नु भएको हो ।
नेता भट्टराईले बिहान १०:३५ को शुभसाइत पारेर पिताको हातबाट टीका ग्रहण गर्नु भएको हो ।
भट्टराईले ट्विटरमा टीका ग्रहण गर्दै गरेका तस्वीरहरू पनि पोस्ट गर्दै लेख्नु भएको छ, ‘शुभविजयादशमीको उपलक्ष्यमा ९० बर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट सपरिवार टीका ग्रहण! सबैको भलो होस्! देशमा शान्ति,सुशासन र समृद्धिको वर्षा होस! असत्य र अन्यायमाथि सत्य र न्यायको विजय होस् !’