काठमाडौं, १७ असोज । निजी क्षेत्रको दुरसञ्चार प्रदायक कम्पनी एनसेलले दशैँ अफर अन्तर्गत १ सय भन्दा माथिको रिचार्जमा डेटा बोनस उपलब्ध गराएको छ ।
दशैं अफर अन्तर्गत १ सय देखि १ हजारसम्मको प्रत्येक रिचार्जमा ग्राहकले १ सय एमबि देखि १ जिबिसम्म डेटा बोनस पाउने छन् ।
असोज १७ गतेबाट १५ दिनसम्म संचालन हुने दशैं अफरमा १ सयको रिचार्ज गर्दा ग्राहकले एकदिनका लागि १ सय एमबि डेटा पाउने छन् ।
त्यसैगरी २ सयको रिचार्जमा २ दिनका लागि २०० एमबि र ३ सयको रिचार्जमा ३ दिनका लागि ३०० एमबि डेटा पाउने छन् । ५ सयको रिचार्जमा ५ दिनभित्र प्रयोग गर्न मिल्ने ५ सय एमबि डेटा, र १ हजारको रिचार्जमा १० दिनका लागि १ जिबी बोनस डेटा पाउने एनसेलले जनाएको छ ।




