एजेन्सी, १७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना चुनावी प्रतिस्पर्धी जो बाइडनमाथि छानविन गर्न चीनलाई आग्रह गरेका छन् । बाइडन परिवारले चीनमा गरेको लगानीमा अनियमितता र अपरादर्शिता रहेको भन्दै ट्रम्पले निष्पक्ष छानविनका लागि चीनसँग आग्रह गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
ट्रम्पले यसअघि जो बाइडन र उनका छोरामाथि अनिमियताको छानबिन गर्न युक्रेनका राष्ट्रपतिलाई पनि दबाब दिएका थिए । ट्रम्पले चीन र युक्रेन दुवैले जो बाइडन र उनका छोरामाथि छानबिन गर्नुपर्ने बताएका छन् ।
जुलाई २५ मा गरिएको युक्रेनी राष्ट्रपतिसँगको टेलिफोन संवाद बाहिरिएपछि ट्रम्पविरुद्ध अमेरिकामा अहिले महाभियोगको प्रक्रिया चलिरहेको छ । महाअभियोगका सम्बन्धमा विपक्षीहरुले सांसदहरुले छानबिन प्रक्रिया बढाइरहेको बेला ट्रम्पले भने महाअभियोगलाई विपक्षीको सनक भन्दै बाइडनमाथि निष्पक्ष छानविन हुनुपर्ने पुरानै अडान दोहो¥याएका छन् । विपक्षी सांसदहरुले भने चीनलाइ गुहारेर ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा वैदेशिक हस्तक्षेप निम्त्याउन खोजेकोे आरोप लगाएका छन् । आफ्नो चुनावी स्वार्थ पूरा गर्न ट्रम्पले युक्रेन र चीनलाई प्रयोग गर्न खोजेको उनीहरुको आरोप छ ।