प्रदेश-२ नेपाल भ्रमण वर्ष २०२० को तयारीमा अझै लागेन | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

प्रदेश-२ नेपाल भ्रमण वर्ष २०२० को तयारीमा अझै लागेन

visit-nepal-2020

श्याम गुप्ता
बारा, ६ असोज । संघीय सरकारले २०२० लाई नेपाल भ्रमण बर्षका रुपमा मनाउने भव्य तयारी गरिरहेको बेला प्रदेश २ मा भने यसका लागि कुनै तयारी भएको छैन । भ्रमण वर्ष मनाउन अन्य प्रदेशमा झैँ प्रदेश २ मा पनि प्रादेशिक समन्वय समिति गठन भएको छ ।

प्रदेशका मुख्यमन्त्री संरक्षक, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अध्यक्ष र पर्यटन व्यवसायी कार्यक्रम संयोजक रहने गरी समिति बनाईएको छ । भ्रमण वर्ष सफल बनाउन प्रदेश २ को प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समितिका सदस्य मोहन शर्मा लामिछानेले प्रदेशमा बलियो पुर्वाधार सम्पदाहरु भएकोले यस्को सुन्दरता, बजारीकरण र प्रचार बिश्वव्यापी रुपमा लैजानु पर्ने बताउनु भयो ।

संघीय सरकारले सातै प्रदेशमा प्रादेशिक समन्वय समिति गठन गरे पनि प्रदेश २ मा एउटा बैठक मात्र बसेर नियुक्ती प्रमाण–पत्र मात्र दिएर बैठक सकिएको थियो । प्रदेशका स्थानीय तहले भ्रमण बर्षलाई चासो नदिँदा पर्याप्त प्रचारप्रसार हुन सकेको छैन ।

भ्रमण वर्षका लागि आवश्यक तयारीमा प्रदेश दुईमा न त प्रचार प्रसार नै शुरु भएको छ, न त पर्यटक लक्षित पूर्वाधारकै विकास गरिएको छ । संघीय सरकारले भ्रमण वर्ष सफल बनाउन प्रदेशमा समन्वय समिति बनाई दिए पनि प्रदेश सरकारले कुनै चासो देखाएको छैन ।

संघबाट नै सबै कुराको आश गरेपछि प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० को तयारीका लागि कुनै पनि रकम हालसम्म छुट्याएको छैन । प्रदेश सरकार पर्यटन वर्षलाई लक्षित गरी कस्ता कार्यक्रम तय गर्ने भन्ने अन्योलमा रहेको छ।

पर्सा राष्ट्रिय निकुञ्ज, विश्व प्रसिद्ध गढीमाई मन्दिर, ऐतिहासिक सिम्रोणगढ क्षेत्र, जानकी मन्दिर जनकपुरधाम, घण्टाघर, सिमा प्रवेशद्वार, लगायतका देशको सय सूचीमा पर्न सफल र दर्जनौं हेर्न लायकका गन्तव्य भए पनि प्रचारको अभावमा ‘प्रदेश सम्पदा’ हरुले परिचय पाएका छैनन् ।

प्रदेश सरकारबाट कुनै पहल नभएपछि पर्सा राष्ट्रिय निकुञ्ज आफैले भ्रमण बर्षलाई लक्षित गरी प्रचार थालेको छ ।

नेपाल भ्रमण वर्ष २०२० को घोषण गरिएको एक वर्ष बढी भइसकेको छ । यसको उद्घाटन ३ महिना अघि नै गण्डकी प्रदेशबाट गरिसकिएको छ । संघीय सरकारकाका तर्फबाट र पर्यटन बोर्डबाट यसको व्यापक प्रचार प्रसार भइरहे पनि प्रदेश २ सरकार थाहा नपाए झै गरी तयारी नगर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

थुप्रै धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्र भएर पनि प्रचार नगरी प्रदेश २ सरकार के को जोखना हेरी बसेको छ ? थुप्रै प्रश्न उठिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);