गृहमन्त्रीका भाइले किन भेटे कैदी ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८३, बिहीबार

गृहमन्त्रीका भाइले किन भेटे कैदी ?

grihamantri ka bhai

काठमाडौं, २८ भदौ । जेलभित्रैबाट निर्माण व्यवसायी र व्यापारीलाई धम्क्याएर रकम असुल्ने समीरमान बस्नेतको योजनामा साथ दिएको आरोपमा नरेश थापासहित आठ जनाको काठमाडौं जिल्ला अदालतमा बयान जारी छ । इन्कारी बयान दिए पनि प्रहरीकै पहुँचमार्फत थापाले कारागारभित्र कडा सुरक्षा घेरामा राखिएका बस्नेतलाई भेटेको अनुसन्धानले देखाएको छ ।

फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशले आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै इन्कारी बयान दिएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोसँगको बयानमा थापाले बस्नेतलाई नचिनेको दाबी गरेका छन् । केन्द्रीय कारागारको सुरक्षार्थ खटिएका इन्स्पेक्टर विपिन ओझाले भने नरेशले बस्नेतसँग जेलभित्रै भेटेको आफूले देखेको बयान दिएका छन् । ब्युरोसँगको बयानमा नरेशले फिरौती संकलन धन्दाका आठ आरोपितमध्ये तीन जनालाई चिनेको बताएका छन् ।

बस्नेत गत वर्ष असोज २३ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई राजधानीको शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरेको घटनाका मुख्य आरोपित हुन् ।

जेलभित्रै बसेर निर्माण व्यवसायी र व्यापारीसँग धम्काएर रकम असुल्ने बस्नेतको योजनामा साथ दिएको आरोपमा नरेशसहित आठ जनाको काठमाडौं जिल्ला अदालतमा बयान जारी छ । इन्कारी बयान दिए पनि इन्स्पेक्टर ओझाको पहुँचमार्फत थापाले कारागारभित्र कडा सुरक्षा घेरामा राखिएका बस्नेतलाई भेटेको अनुसन्धानले देखाएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार