गलत कुटनीतिक समझदारीका कारण नेपालको भविश्य चिन्ताजनक : प्रदीप गिरी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १० २०८३, मंगलबार

गलत कुटनीतिक समझदारीका कारण नेपालको भविश्य चिन्ताजनक : प्रदीप गिरी

काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसका सासद प्रदीप गिरीले गलत कुटनीतिक समझदारीका कारण नेपालको भविश्य चिन्ताजनक अवस्थामा पुग्ने भन्दै कुटनीतिप्रति सही बुझाई राख्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बाेल्दै उहाँले समय, परिस्थिति र दुवै देशका सरकार बदलिएको अवस्थामा पनि दुई बर्षको तोते बालकले भाषा सिके जस्तो गरि कालापानी, लिपुलेक, सुस्ता र १९५० को सन्धिको पुनरावलोकन भन्ने शब्द दोहोर्याउने काम भएको टिप्पणी गर्नुभयो ।

उहाँले नेपाल भारत संयुक्त आयोगको बैठकको उपलब्धि बारे परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संसदलाई दिएको जानकारी र मन्त्रालयले निकालेको प्रेश विज्ञप्ती मेल नखाएको भन्दै त्यस तर्फ मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “कुटनीतिको गलत समझदारी छ । यस्तै कुटनीतिलाई नबुझिकन तपाईले राजनीति र प्रचारमा मिसाउनुभयो भने नेपालको भाग्य पशुपतिनाथको हातमा छ ।”

उहाँले कुनै पनि राष्ट्रले आफ्ना कानुनी अधिकारलाई बास्तविक शक्ति सम्झन नहुने तर्फ पनि सचेत गराउनुभयो । उहाँले भन्नुभयो “भाषण गर्दा, बोल्दा, कालापानी दोहोर्याउँदा, चुनाबमा बोल्न ठिक हुन्छ तर सही अर्थमा कालापानी लिनु छ भने र १९५० को सन्धि फर्काउने हो भने कुटनीतिक पहल गर्नुपर्छ ।”

बलभद्र थापा र अमरसिंह थापाले बन्दुक बोकेर युद्ध गरेको जस्तो समय नभएको भन्दै उहाँले सघन संवादको कुटनीतिमा ध्यान दिन आग्रह गर्नुभयो ।

ताजा समाचार