दक्षिण एशियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नै हुन्छ : सिलवाल | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

दक्षिण एशियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नै हुन्छ : सिलवाल

काठमाडौं, ११ साउन । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दक्षिण एशियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नै हुने भन्दै आशंका नगर्न आग्रह गर्नुभएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले शनिबार राजधानी काठमाडाैंमा गरेको कार्यक्रममा बोल्दै परिषद्का सदस्य सचिव सिलवालले कार्यविधि र पुर्वाधारका कारणले खेल नरोकिने बताउनुभएको हो ।

उहाँले केही खेलका लागि बैकल्पिक रंगशालाको व्यवस्था पनि गरिएकाले कार्यविधि र पुर्वाधारका कारणले खेल प्रभावित नहुने स्पष्ट पार्नुभयो । उहाँले प्रतियोगिता गर्न राष्ट्रले प्रतिवद्धता जनाईसकेकाले कुनै पनि वहानामा त्यसबाट पछि हट्न नमिल्ने तर्क गर्नुभयो ।

उहाँले सार्वजनिक खरिद ऐन र कार्यविधिमा केही जटिलताहरु भएपनि त्यसबारे सम्बन्धित निकायमा आफुले कुरा राखिसकेकाले फास्ट ट्रयाक मार्फत गएर भएपनि प्रतियोगिता संचालन गरिने दाबी गर्नुुभयो । साथै प्रधानमन्त्री, अर्थमन्त्री र खेलकुद मन्त्रीले बजेट अभावमा खेल नरोकिने आश्वासन दिएको पनि उहाँले जानकारी गराउनुभयो ।

रंगशाला निर्माण, रंगशाला सम्मको सडक विस्तार लगायत खेलका पुर्वाधार तयार नहुनु, बजेट तथा सार्वजनिक खरिद ऐन र परिषद्को कार्यविधिमा देखिएको जटिलताले दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपालमा नहुने हो कि भन्ने आशंका बढीरहेका बेला नवनियुक्त परिषद्का सदस्य सचिव सिलवालले प्रतियोगिता कुनै पनि वहानामा नरोकिने बताउनुभएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);