डडेल्धुराको रडुवा र सकायल खोलाको पुल निर्माण कार्य अलपत्र | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

डडेल्धुराको रडुवा र सकायल खोलाको पुल निर्माण कार्य अलपत्र

विमल जैरु
डडेल्धुरा, १० साउन । डडेल्धुराको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका जोड्ने रडुवा खोलामा निर्माणाधिन अवस्थामा रहेको रडुवा खोलामा पक्की पुल निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । २०७३ सालमा निर्माण सम्पन्न गर्ने गरी जागृती निर्माण सेवा वझाङले २०७१ सालमा जिम्मेवारी पाएको थियो । तर सम्झौता भएको पाँच वर्ष हुँदासम्म पुल निर्माणको जम्मा ५५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

यसैगरी डडेल्धुराकै सकायल खोलामा निर्माण भईरहेको डाडावन पक्की पुलको पनि निर्धारित समयावधी सकिएको दुई वर्ष वितिसक्दा निर्माण कार्य करिव ४० प्रतिशत मात्रै सम्पन्न भएको छ ।

दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र चाँदनी जेभी डडेल्धुराले २०७२ सालमा सम्झौता गरेको थियो । गन्यपाधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकालाई जोड्ने गरी निर्माण भईरहेको डाडावन पुलको दुवै तर्फ अपुरा पिल्लर मात्रै निर्माण भएका छन् । यी दुवै पुलको निर्माण समयमै सम्पन्न नहुँदा नवदुर्गा गाउँपालिकाका वडा नम्वर २, ३ र ४ का स्थानीयबासिन्दालाई वर्षातको समयमा जिल्ला सदरमुकामदेखि अन्य भागमा आवतजावतका लागि समस्या हुने गरेको छ ।

ती दुवै पुलको निर्माण गर्ने जिम्मेवारी पाएको निर्माण व्यवसायीलाई पटक पटक पत्राचार गरेको भएपनि अटेर गरी काममा ढिलाई गरेको डिभिजन सडक कार्यालय कुलपाते डोटीका निमित्त प्रमुख वलीराज मल्लले बताउनु भयो ।

पक्की पुल निर्माण सम्पन्न हुन नसक्दा स्थानीयहरुलाई गाडीबाट आवतजावतमा समस्या त परेको छ नै त्यसका साथसाथै यातायातको विकासबाट जिल्लामा हुन सक्ने सम्भावित विकास निर्माणका कार्यहरुमा पनि अवरोध भईरहेको छ ।

डडेल्धुरामा मात्र नभई देशभर यस्ता धेरै विकास निर्माण कार्यहरु अलपत्रमा परेका छन् । सम्झौता अनुसार बर्षौँ अघि नै सम्पन्न हुनु पर्ने तर केही प्रतिशत कार्य मात्र सम्पन्न भएका परियोजनाहरु धेरै छन् । यसरी समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरुलाई सरकारले कारबाही गर्ने भनिए पनि व्यवहारमा भने कार्यान्वन भएको भने देखिँदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);