विप्लव समूहसँग वार्ता भएपनि त्यसले औपचारिकता पाएकाे छैन : सोमप्रसाद पाण्डे | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

विप्लव समूहसँग वार्ता भएपनि त्यसले औपचारिकता पाएकाे छैन : सोमप्रसाद पाण्डे

काठमाडाैं, १ साउन । राजनीतिक वार्ता टोलीका पुर्व संयोजक सोमप्रसाद पाण्डेले नेत्र विक्रम चन्द विप्लव समूहसँग वार्ता भएपनि त्यसले औपचारिकता पाउन नसकेको बताउनुभएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले आफुलाई सरकारले दिएको संयोजकको जिम्मेवारीको समय सकिएकाले धेरै पटक विप्लव समूहका नेताहरुसँग अनौपचारिक वार्ता र छलफल भएपनि औपचारिता प्राप्त गर्न नसकेको बताउनुभएको हो।

सरकारले पाण्डेको संयोजकत्वमा २०७५ साल भदौ ८ गते उच्चस्तरीय राजनीतिक वार्ता टोली बनाएको थियो । संयोजकका लागि पाण्डेलाई सरकारले दिएको समय सकिएको छ । नेकपाका सांसद समेत रहेका पाण्डेले आफूले विप्लव समूहका केन्द्रीय सदस्य गुँणराज लोहनी लगायत पोलिटव्यूरो सदस्यहरुसंग छलफल गरेको भएपनि संचारमाध्यममा आएजस्तो नभएको स्पष्ट पार्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले कांग्रेस वार्ता तथा संवादको पक्षमा रहेको भन्दै वार्ता मार्फत समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले राजनीतिक परिर्वतन पछि पनि जनताले चाहे अनुसारको सुशासन कायम हुन नसक्दा समस्या श्रृजना भएको भन्ने कुरालाई ठुला दलका शिर्ष नेता र सरकारले बुझ्नुपर्ने बताउनुभयो । समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारलाई वार्ता मार्फत समस्याको समाधान खोज्न आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);