काठमाडौं, ३० असार । सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से ५ दशमलव ०८ अंकले बढेर १ हजार २ सय ५४ दशमलव ५६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ परिसुचक पनि १ दशमलव ७१ अंकले बढेर २ सय ७० दशलमव २८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
सोमबार १ सय ७० कम्पनीको २९ लाख ७३ हजार ८ सय ४३ कित्ता शेयर ४३ करोड ५ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । जसको ५ करोड २१ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वाधिक कमाउनेमा स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड भएको छ । जसको शेयर मूल्यमा ५ प्रतिशतले बढेको छ ।
साथै सर्वाधिक गुमाउनेमा नबिल बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ दशमलव १५ प्रतिशतले घटेको छ । सोमबार ११ वटै उपपरिसुचकहरुमा सबै समूहहरुमा हरियाली छाएको छ । जसमा सबैभन्दा बढी बढ्नेमा उत्पादक तथा प्रशोधन समूह रहेको छ ।