मुलुकलाई आफूले एकतावद्ध बनाएको प्रचण्डको दाबी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

काठमाडौँ, २२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले मुलुकलाई एकतावद्ध बनाएको दाबी गरेका छन् ।

 

बिहिबार लाजिम्पाट स्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले आफू नेतृत्वको सरकारले संविधानको स्वीकार्यता बढाउँदै लैजाने नीति लिएकै कारण सबै तहको निर्वाचनमा सबै दलहरु सहभागी हुने वातावरण बनेको बताएका छन् ।

 

अध्यक्ष दाहालले आफ्नो पार्टीको ठूलो बलिदानपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको जनाएका छन् ।

 

कार्यक्रममा निर्माण व्यवसायी बलराम शाह लगायत नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);