सरकारबाट गल्ती भए सच्याएर अघि बढ्नुपर्ने नेता नेपालको सुझाव | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

सरकारबाट गल्ती भए सच्याएर अघि बढ्नुपर्ने नेता नेपालको सुझाव

madhav nepal sujhab

काठमाडौं, ९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले गल्ती कमजोरी भए सुधार गर्दै अघि बढन सरकारलाई सुझाव दिनु भएको छ । सोमवार नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ललितपुरमा आयोजना गरेको एक कायृक्रममा नेता नेपालले काम गर्ने क्रममा गल्ती भए त्यसलाई सरकारले सच्याएर अघि बढ्नुपर्ने सुझाव दिनुभएको हो ।

वरिष्ठ नेता नेपालले यातायात क्षेत्रको उचित व्यवस्थापन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले दुई तिहाई बहुमत पाएको कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले मजदुरहरुको पक्षमा दृढतापूर्वक काम गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ नेता नेपालले यातायात मजदुरहरुलाई पनि यात्रुहरुको सुरक्षामा विशेष सतर्कता अपनाउन सचेत गराउनु भएको थियो ।