विदेशीलाई श्रम स्वीकृतिबिना श्रम गर्न नदिने व्यवस्था मिलाउन माग राख्दै सर्वोच्चमा रिट | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

विदेशीलाई श्रम स्वीकृतिबिना श्रम गर्न नदिने व्यवस्था मिलाउन माग राख्दै सर्वोच्चमा रिट

sarbochha adalat

काठमाडौं, ३ असार । विदेशी नागरिकलाई नेपालमा श्रम स्वीकृतिबिना श्रम गर्न नदिने व्यवस्था मिलाउन माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । विदेशीहरूलाई श्रम स्वीकृतिबिना नै काम गर्न दिइएको भन्दै अधिवक्ता दीपकराज जोशीले त्यसलाई रोक्नुपर्ने माग गरेका हुन् ।

‘नेपाली नागरिकलाई खाडी मुलुक पठाई विदेशी श्रम इजाजत नलिएका कामदारहरूलाई काममा लगाउने अख्तियारी राज्यले लिएको जस्तो देखिन्छ’ जोशीले सर्वोच्च अदालतमा दर्ता गरेको निवेदनमा भनिएको छ, ‘ यसरी विदेशी नागरिकलाई नेपालमा विना इजाजत श्रम अभ्यास गर्न दिने तर नेपाली दाजुभाइलाई विदेश पलायनको बाटो प्रस्ट गर्ने विभेदकारी छ ।’

श्रम ऐनको दफा २२ मा श्रम विभागबाट इजाजत नलिई रोजगारदाताले कुनै पनि विदेशी नागरिकलाई श्रमिकको रूपमा काममा लगाउन पाइने व्यवस्था नभएको भन्दै रिट निवेदनमा नेपालीहरू विदेश पलायन हुने तर विदेशीले स्वीकृतिबिना काम पाउने नीति उचित नभएको भनी उल्लेख छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।