सरकारले प्रदेश र स्थानीय तहमा तीस प्रतिशत पनि बजेट विनियोजन नगरेको शशांकको आरोप | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

सरकारले प्रदेश र स्थानीय तहमा तीस प्रतिशत पनि बजेट विनियोजन नगरेको शशांकको आरोप

डा. शशांक कोइराला

काठमाडौं, २ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले प्रदेश र स्थानीय तहमा तीस प्रतिशत बजेट पनि विनियोजन नगरेकोमा आपत्ति जनाउनु भएको छ ।

महामन्त्री कोइरालाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार बलियो भएपनि अठोटका साथ कुनै पनि काम गर्न नसकेको दावी समेत गर्नु भयो । प्राध्यापक हरिशरण उपाध्यायद्धारा लिखित पुस्तक ‘श्री–जी’ को सोमबार काठमाडौंमा बिमोचन गर्दै उहाँले काँग्रेसले समृद्धिका लागि आधार तयार पारेपनि वर्तमान सरकारले त्यसलाई अघि बढाउन नसकेको बताउनु भयो ।

महामन्त्री कोइरालाले काँग्रेसलाई विपी कोइरालाको माग चित्र अनुसार अघि बढाउन आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । आगामी महाधिवेशनपछि काँग्रेस विपी कोइरालाको मार्ग चित्र अनुसार अघि बढने उहाँको दावी थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);