सुपुर्दगी सम्बन्धी विधेयक नष्ट गरिनु पर्ने मागको विरोधमा प्रदर्शन जारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

सुपुर्दगी सम्बन्धी विधेयक नष्ट गरिनु पर्ने मागको विरोधमा प्रदर्शन जारी

hongkong

एजेन्सी, २ असार । हङकङमा पछिल्लो केही दिनदेखि अभियुक्तको सुपुर्दगी सम्बन्धी विवादास्पद विधेयकको विरोधमा प्रदर्शन जारी छ ।

आइतबार भएको आम विरोध प्रदर्शनमा झण्डै २० लाख मानिस सहभागी भएको आयोजकले दाबी गरेका छन् । यो संख्या पुष्टि भएमा हङकङको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शन हुनेछ । प्रहरीले भने प्रदर्शनकारीको संख्या तीन लाख ३८ हजारको हाराहारीमा रहेको दाबी गरेको छ । प्रस्तावित विधेयक निलम्बित गरिएको भए पनि प्रदर्शन रोकिएको छैन । विधेयकमा अभियुक्तलाई हङकङबाट चीन सुपुर्दगी गर्ने व्यवस्था छ ।

प्रस्तावित विधेयक विरुद्ध प्रदर्शन भएपछि शनिबार हङकङ सरकारले विधेयक निलम्बित गरेको थियोे । हङकङकी नेता कारी लामले आइतबार विधेयक प्रस्ताव गरेकामा माफी मागेकी छन् ।प्रस्तावित विधेयकले हङकङमा चीनको प्रभाव बढ्ने बताइरहेका प्रदर्शनकारीले लामले राजीनामा दिनु पर्ने माग गरिरहेका छन् । यस्तै विधेयक निलम्बित मात्रै होइन नष्ट नै गरिनु पर्ने प्रदर्शनकारीको माग छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);